Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


१५औं अन्तर्राष्ट्रिय व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सुरु


0
Shares

काठमाडौं, फागुन २४ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दे मौलिक वस्तुको प्रवर्द्धन गर्ने उद्देश्यसका साथ आयोजित १५औं अन्तर्राष्ट्रिय व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र तेस्रो प्रांगारिक कृषि मेला २०७५ बिहीबादेखि काठमाडौंमा सुरु भएको छ ।

मेलाको शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् ।

सो अवसरमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले निर्यातयोग्य वस्तुको उत्पादन वृद्धि गरी आर्थिक विकास गर्नका लागि सरकारले वैदेशिक लगानी भित्र्याउन जोड दिएको बताए ।

मन्त्री यादवले देशमा अहिले लगानीको उपयुक्त वातावरण तयार भइसकेको भन्दै ढुक्क भएर लगानीका लागि आह्वानपनि गरे ।

देश आर्थिक समृद्धिको बाटोमा लागिसकेकाले विकासका लागि एकताबद्ध भएर लाग्न उनको आग्रह छ ।

प्रदर्शनी आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगको उत्पादनको बजार प्रवर्द्धन गर्ने उद्देश्यका साथ २०५८ सालबाट महासंघले निरन्तररुपमा यस्तो प्रदर्शनी गर्दै आएको बताए ।

मुलकले अहिले वार्षिक १२ खर्बभन्दा बढीको वैदेशिक व्यापार घाटा व्यहोरिरहेको भन्दै उनले स्वदेशी उत्पादनको उपयोगबाटमात्र यसलाई कम गर्नसकिने उल्लेख गरे ।

मेलामा विदेशी ५० ओटासहित कुल २०५ ओटा स्टल रहेका छन् । मेला यही फागुन २७ गतेसम्म चल्नेछ ।