Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


अपहरणमा परेकी सांसद मल्ल सम्पर्कमा


0
Shares

बझाङ, फागुन २४ । नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ताको अपहरणमा परेकी सुदूरपश्चिम प्रदेशकी सांसद देवकी मल्ल सम्पर्कमा आएकी छन् ।

चन्दका कार्यकर्ताहरुले मल्ललाई शुक्रबार बिहान बझाङको बाघथला र देउराबीचको कोइराला खोलाबाट नियन्त्रणमा लिएका थिए ।

विथ्थडचिर गाउँपालिकाले आयोजना गरेको नारी दिवसको कार्यक्रममा सहभागी हुन मल्ल विथ्थडचिर गाँउपालिकातर्फ गएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले मल्ल सम्पर्कमा आइसकेको र उनलाई सदरमुकाम ल्याइने बताए ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।