काठमाडौं, फागुन २३ । नबिल बैंकले साना तथा मझौला उद्यमीलाई लक्षित गरी ‘नबिल कसिजो कर्जा’ योजना सार्वजनिक गरेको छ ।
बैंकले १०.५० प्रतिशत ब्याजदरमा धेरै सुविधासहितको यो योजना ल्याएको जनाएको छ ।
यसैबीच, नबिल बैंक र युकेएड सक्षमले साना तथा मझौला उद्यमलाई प्रवद्र्धन गर्नेगरी परियोजना सन्चालन गर्ने विषयमा समझदारी गरेका छन् ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र युकेएड सक्षमका प्रतिनिधि निर्मल दाहालले हस्ताक्षर गरे ।









प्रतिक्रिया दिनुहोस्