२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


अमेरिकी राष्ट्रपतिविरुद्ध मेक्सिकोमा व्यापक प्रदर्शन


0
Shares

दर्जनौं शहरमा भएको प्रदर्शनमा सेतो पोशाकधारी प्रदर्शनकारीले ट्रम्प विरोधी प्ले कार्ड बोकेका छन् । ट्रम्पको आप्रवासन नीति विश्व समुदायको लागि नै चुनौती भएको उनीहरुको भनाइ छ ।

प्रदर्शनबाट ट्रम्पविरुद्ध मेक्सिको एक रहेको सन्देश प्रवाह गर्न चाहेको आयोजकको भनाइ छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको २ सय माइल लामो सीमामा पर्खाल लगाउने योजना चुनावी अभियानमै सुनाएका थिए ।

प्रदर्शनकारीहरुले राष्ट्रपति इनरिक पेना नियटोले भ्रष्टाचार नियन्त्रण गर्न र हिंसा घटाउन नसकेको भन्दै आलोचना समेत गरेका छन् । (एजेन्सी)