पोखरा, फागुन २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा निर्माण गरिएको विद्युतीय भर्याङ (लिफ्ट)को बिहीबार उद्घाटन गरेकी छन् ।
हुन्डाई मोटर र लक्ष्मी ग्रुपले एक करोड रुपैयाँको संयुक्त लगानीमा लिफ्ट निर्माण गरेका हुन् ।
लिफ्टको क्षमता एकपटकमा ६ जना व्यक्ति बोक्नसक्ने छ ।
त्यसक्रममा राष्ट्रपति भण्डारीले पोखराको धार्मिक पर्यटन प्रवर्द्धनका लागि लिफ्ट निर्माण कोसेढुंगा सावित हुने बताइन् ।
कार्यक्रममा गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विन्ध्यवासिनी मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक गन्तव्य भएकाले यसको संरक्षण र सम्वर्द्धनमा प्रदेश सरकारले विशेष ध्यान दिने बताए ।









प्रतिक्रिया दिनुहोस्