Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


बुढासुब्बा गोल्डकप फुटबल भोलिदेखि, विजेतालाई ५ लाख


0
Shares

धरानको एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा १० टिमले सहभागिता जनाएका छन् ।

फागुन १४ गतेसम्म सन्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले बुधबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराए ।

योपटकको प्रतियागितामा संकटा क्लब, दुर्गापुर स्टिल फुटबल क्लब कोलकाता, काँकडभिट्टा ट्रेनिङ सेन्टर, रुपन्देही–११, नेपाल पुलिस क्लब, धरान फुटबल क्लब नीलो, धरान फुटबल क्लब रातो, पोखरा फुटबल क्लब, युनाइटेड सिक्किम फुटबल क्लब र सशस्त्र प्रहरीको टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताअन्तर्गत् उद्घाटन खेल संकटा क्लब र दुर्गापुर स्टिल फुटबल क्लबीच हुनेछ ।

बढासुब्बा गोल्डकपको विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।