काठमाडौं, फागुन २२ । बुधबार सेयरबजारमा सुधार आयो ।
बजार परिसूचक नेप्से ९ अंकले उकालो लागेर ११ सय ११ कायम भयो ।
कारोबार भएका सबै समूह हरियो रहेसँगै नेप्से सकारात्मक रहेको हो । जीवनबिमा समूहमा सबैभन्दा उच्च ९६ अंकको वृद्धि आयो । निर्जीवन बिमा समूहमा पनि ६७ अंकको सुधार आयो । होटल, लघुवित्त र विकास बैंक समूह दोहोरो अंकले सकारात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीका ८ लाख २६ हजार कित्ता सेयर साढे २२ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्