Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


भारत र चीन दुबै देशसँग भएका सहमतिलाई कार्यान्वयनमा लैजानुपर्छ : उपराष्ट्रपति


0
Shares

नेपाल विश्व सम्बन्ध परिषद्को ६९औं वार्षिकोत्सवको अवसरमा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उपराष्ट्रपति पुनले परराष्ट्रनीतिलाई प्रभावकारी बनाउन आन्तरिक स्थायित्व आवश्यक भएको उल्लेख गरे ।

उनले छिमेकीराष्ट्र भारत र चीनसँगको सम्बन्धलाई नेपालले विशेष महत्व दिएको भन्दै दुबै देशसँग भएका सहमतिलाई तीव्रताका साथ कार्यान्वयनमा लैजानुपर्ने बताए ।

कार्यक्रममा पूर्वराजदूत हिरण्यलाल श्रेष्ठलाई अन्तर्राष्ट्रिय सम्बन्ध विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको थियो ।