५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


व्यवसायीले ढुवानी नगर्दा पेट्रोल अभाव


0
Shares

‘घुम्दा घुम्दा यहाँ आइपुगेको छु,’ शनिबार साँझ जीसीले भने, ‘पैसा तिरेर पेट्रोल हाल्न पनि यस्तो सास्ती ।’

शनिबार पेट्रोल भर्न भौतारिने जीसी एक्ला होइनन् । उपत्यकाका अधिकांश पेट्रोल पम्पमा तेल नपाएपछि सार्वसाधारणले दुःख पाएका छन् ।

शुक्रबार ट्याङकर चालक आन्दोलनले पेट्रोलियम पदार्थ ढुवानी भएन । शनिबार नेपाल आयल निगमले तेल उपलब्ध नगराउँदा उपत्यकामा डिजेल र पेट्रोल अभाव भएको पम्प सञ्चालकहरु बताउँछन् ।

निजीमात्र नभएर सरकारी पम्पलेसमेत तेल नदिएपछि उपभोक्तालाई सास्ती भयो । एक दिन अवरोध हुनासाथ बजारमा पेट्रोलियम अभाव हुने अवस्थामा निगमको व्यवस्थापन कमजोर हुँदा पटक पटक यस्तो हुने गरेको छ ।

ट्यांकर चालकको आन्दोलन र बिदाको कारण अभाव भए पनि आइतबार पर्याप्त पेट्रोल बजारमा पठाउने निगमले जनाएको छ । –नागरिक दैनिकबाट