काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा दिनभर उम्मेदवारीका प्रक्रिया टुंग्याएपछि सोमबार निर्वाचन हुने आयोजक समितिले जनाएको छ ।
सोमबारसम्म चल्ने महाधिवेशनले अध्यक्षसहित नयाँ केन्द्रीय समिति चुन्ने छ । संशोधित विधानअनुसार महाधिवेशनले अध्यक्षसहित १ सय ६१ सदस्यीय कार्यसमिति चुन्ने छ ।
यसअघि शनिबार शुरु भएको बन्दसत्रमा विभिन्न विषयमा छलफल भएको छ । अध्यक्ष कमल थापाले पेश गरेको राजनीतिक प्रतिवेदन, राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पेश गरेको आर्थिक प्रतिवेदन र बुद्धिमान तामाङले पेश गरेको विधान संशोधन प्रस्तावमाथि छलफल भएको हो । तीनवटै प्रतिवेदनमाथि सहभागीहरुले आ–आफ्नो धारणा राखेको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्