
काठमाडौंको भृकुटीमन्डपमा जारी महाधिवेशनमा सदस्य पदमा धेरै उम्मेदवार रहेकाले प्राविधिक कारणले मंगलबार (भोलि)मात्र मतदान गरिने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।
अध्यक्षको मतगणना सोमबारै हुनेछ । अध्यक्षमा कमल थापा र प्रदीपविक्रम राणाबीच प्रतिस्पर्धा भएको हो ।
राप्रपाले महाधिवेशनमा निर्वाचनका लागि विद्युतीय मतदानको व्यवस्था गर्ने जनाएपनि अध्यक्षका लागि भने मतपत्रकै प्रयोग गरिएको हो ।
९८ जना केन्द्रीय सदस्यका लागि ३६३ जनाले उम्मेदवारी दिएका छन् । सदस्यको मतदानका लागि भने विद्युतीय मतदान मेसिनको प्रयोग गरिने तयारी गरिएको छ ।
सदस्य चयनका लागि हुने निर्वाचनमा ५४ ओटा भोटिङ मेसिनको प्रयोग गरिने जनाइएको छ ।
निर्वाचन समितिकाअनुसार राप्रपाको नयाँ नेतृत्व चयन गर्न ३ हजार २ सय ८७ मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस्