Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


बाग्लुङका १८ वर्षीय युवकले बनाए ‘ओसन’ गाडी


0
Shares

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा १८ वर्षीय भीम सुनारले एक महिना लगाएर निर्माण गरेको ‘ओसन’ नामको गाडी भृकुटीमन्डपमा बनाएर सार्वजनिक गरिएको हो ।

सो अवसरमा सुनारले भने–‘म अहिले कक्षा १२ मा अध्ययनरत छु, १० कक्षा पढ्दाको समयमा शैक्षिक प्रदर्शनी गर्नुपर्थो, त्यसबेला डोजर बनाएर प्रदर्शन गरेको थिएँ, त्यसपछि रोबर्ट र हेलिकोप्टर बनाएँ, आज आएर चारपांग्रे गाडी निर्माण गरेको छु, यो केवल नमुना हो ।’

सुनारले थपे–‘मैले गाडी रु ८० हजार लागतमा निर्माण गरेको हुँ, तीन लाख खर्च गरेर बनाउने हो भने राम्रो गाडी बनाउन सक्छु, राज्यले सहयोग गरे हामीजस्ता केही गर्न चाहने युवाले स्वदेशमै बसेर देश विकासमा केही गरेर देखाउन सक्छौं ।’ रासस