Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


एमाले नेता नेपालले गरे सरकारको प्रशंसा !


0
Shares

                                                                                       फाइल फोटो
उनले भने–‘स्थानीय तहको निर्वाचनपछि केन्द्रीय संसदको निर्वाचनमा जानुपर्ने भएकाले नै क्षेत्र निर्धारण आयोग गठन र यसले दिने सुझाव आवश्यक पर्छ ।’

व्यवस्थापिका–संसद परिसर नयाँबानेश्वरमा सन्चारकर्मीसँग मंगलबार कुराकानी गर्दै वरिष्ठ नेता नेपालले भने–‘सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरी जनतामा सकारात्मक सन्देश प्रवाह गरेको छ, अब निर्वाचनको उचित वातावरण बनाउन लाग्नुपर्छ ।’

‘निर्वाचन घोषणा भइसक्यो, अब निर्वाचनलाई कुनै दलले बार्गेनिङ (लेनदेन)को विषय बनाउनु हुन्न, निर्वाचनमा भाग लिइ आफ्नो हैसियत नाप्नुपर्छ’–उनले भने ।

उनले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरी राम्रो काम गरेको भनी सरकारको प्रशंसा पनि गरे । रासस