Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


एमालेले भन्यो–‘निर्वाचनको मिति घोषणा हुनु सकारात्मक’


0
Shares

                                                                                        फाइल फोटो
नेकपा एमालेको केन्द्रीय कार्यालय, धुम्बाराहीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्नुलाई सकारात्मकरुपमा लिएको पार्टीका प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईले जानकारी दिए ।

बैठकमा सबै राजनीतिक दल र कानुनी प्रक्रियालाई मिलाएर निर्वाचनमा जानुपर्ने र स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनका आधारमा निर्वाचन गर्नुपर्नेमा जोड दिइएको थियो ।

बैठकले सबै राजनीतिक दललाई निर्वाचनमा भाग लिन, निर्वाचन बिथोल्ने कुनैपनि कार्य हुन नदिन र पार्टीका सम्पूर्ण कार्यकर्तालाई निर्वाचन अभियानमा लाग्न आह्वान गरेको छ । रासस

Skip This