
प्रदर्शनीको विहीबार उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले उद्घाटन गरे ।
घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको प्रदर्शनीमा ७५ जिल्लाकै लघु, घरेलु उत्पादन राखिएका छन् ।
प्रदर्शनीकै अवसर पारेर समितिले उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमीलाई पुरस्कृत पनि गर्नेछ ।
गृहमन्त्री निधिले स्वदेशमै साना उद्यमीलाई प्रोत्साहन गर्न सकिए रोजगारीमा वृद्धि आउने बताए ।
उनले मुलुकलाई समृद्धिमा लैजान लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लागेको बताए ।
‘मेड इन नेपाल गौरव गरौं, स्वदेशी वस्तु प्रयोग गरौं भन्ने नाराकासाथ आयोजना गरिएको ६ दिने प्रदर्शनीमा तीन सय अवलोकन कक्ष राखिएका छन् ।
मेलाको तीन लाख बढीले अवलोकन गर्ने र ५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।
प्रदर्शनीमा देशभरका ३ सय ५० जना उद्यमी सहभागी भएको समितिका निमित्त कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्यायले बताए ।
प्रतिक्रिया दिनुहोस्