२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


‘पर्यटन क्षेत्रप्रति सरकार उदासीन’


0
Shares

शेर्पा पर्यटन व्यवसायीको शनिबार राजधानीमा भएको भेलामा उनीहरुले हिमाल आरोहणमा प्रख्यात शेर्पाहरुको मौलिक पेसामा हस्तक्षेप बढेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

‘हिमचितुवा’ उपनामले परिचित आरोही आङरिता शेर्पाले पर्यटन र शेर्पा पर्यायकारुपमा रहेको भन्दै शेर्पाबिना हिमाल आरोहण असम्भव रहेको बताए ।

नेपालको पर्यटन व्यवसायमा चुनौती बढ्दै गएको भन्दै उनले हिमाल संरक्षणको भरपर्दो नीति बनाउन सरकारसँग माग गरे ।

पर्वतारोहण र पदयात्रालाई शेर्पाहरुले भारी बोकेर चिनाएको भन्दै पर्यटन क्षेत्रप्रति सरकार उदासीन भएको उनको आरोप थियो ।

‘टान’का वरिष्ठ उपाध्यक्ष टासीलाक्पा शेर्पाले शेर्पा समुदायको हक–हित र अधिकार संरक्षणका लागि शेर्पाहरुलाई एकजुट हुन आग्रह गरे ।

विश्वकै पर्यटन क्षेत्रको अध्ययनका केन्द्रकोरुपमा रहेको नेपालमा पर्यटन विश्वविद्यालय नहुनु दुःखद् भएको भन्दै उनले पर्यटन विश्वविद्यालय स्थापना गर्न माग गरे ।

भेलाले सोनाम ग्याल्जेन शेर्पा अध्यक्ष र संगम शेर्पा महासचिव रहेको ११ सदस्यीय शेर्पा पर्यटन व्यवसायी संघ नेपाल गठन गरेको छ ।