
नेपालका लागि अमेरिकी ब्राण्ड रिबकको आधिकारिक बिक्रेता रुट्स फेसन प्रा.लि.ले काठमाडौंको दरवारमार्गस्थित शेर्पा मलमा नयाँ शो रुम खोलेको हो ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मंगलबार एक समारोहकाबीच शो रुमको उद्घाटन गरे ।
नयाँ शो रुममा रिबक कम्पनीले उत्पादन गरेका जुत्ता, टि सर्ट, ट्र्याक सुटलगायतका सामग्री रहेका छन् ।
शो रुममा मौसमअनुसारका सबै खेल सामग्रि र पहिरनहरु रहनेछन् । कम्पनीले दरबारमार्गसँगै न्युरोड र त्रिपुरेश्वरमा समेत आउटलेटहरु राख्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्