Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


हामी कस्तुरीजस्तै भएका छौं : ऊर्जामन्त्री


0
Shares

काभ्रेपलाञ्चोकको धुलिखेलमा लियो क्लब अफ काठमाडौं मार्गदर्शनले आयोजना गरेको ‘प्रिज्म इन्टरनेसनल युथ क्याम्प’को समापन कार्यक्रममा मन्त्री शर्माले भने–‘हामी कस्तुरीजस्तै भएका छौं, बिना आफैंले बोकेर बास्नाको पछि दौडिरहेकोजस्तै प्राकृतिक स्रोत र साधन भएर पनि प्रयोग गर्न नसकेर अरुकै खोजीमा हिँडिरहेका छौं ।’

सोक्रममा युवाको जिज्ञासाको उत्तर दिँदै मन्त्री शर्माले आफ्नो नेतृत्वमा व्यवस्थापकीय कार्यलाई राम्रोसँग अगाडि बढाउन सकिएकाले विद्युत्भार कटौती अन्त्य गर्न सफल भएको बताए ।

उनले केही क्षेत्रमा विद्युत्भार कटौती भइरहे पनि दिनको तीन घन्टामात्रै भइरहेको र त्यसलाई छिट्टै अन्त्य गर्ने कार्यमा प्राविधिकरुपमा काम भइरहेको जानकारी दिए ।

संस्थाले ६ दिनदेखि सन्चालन गर्दै आएको उक्त शिविर मंगलबार धुलिखेलमा सम्पन्न गरिएको संस्थाका अध्यक्ष समिर बुढाथोकीले बताए ।

पर्यटन र ऊर्जालाई कसरी अर्थतन्त्रमा जोडेर काम गर्न सकिन्छ भन्ने कुरालाई जोड दिएर युवालाई जागरुक बनाउनको लागि शिविरको आयोजना गरिएको बुढाथोकीको भनाइ छ । रासस