Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


नेप्से १३ सय तल


0
Shares

उतार–चढावबीच नेप्से १३ अंकले ओरालो लागेर १२ सय ९९ मा आइपुगेर थामियो । जलविद्युत्बाहेक अरु कारोबार भएका सबै समूह ओरालो लागे ।

बीमा समूह सबैभन्दा उच्च १ सय १४ अंकले झर्‍यो । होटल समूह पनि ५० अंकले ओरालो लाग्यो । वाणिज्य बैंक समूहमा पनि दोहोरो अंकको गिरावट आयो । अरु समूह भने सामान्य अंकले ऋणात्मक रहेका हुन् ।

जलविद्युत् समूह ४ अंक बढीले धनात्मक रह्यो । उत्पादनमूलक समूह स्थीर रह्यो । पछिल्ला दिनका तुलनामा कारोबार केही बढ्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३२ कम्पनीको १२ लाख ३० हजार बराबर कित्ता सेयर ५४ करोड ४६ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।