
हालै उनले एक सन्देश जारी गर्दै मोसुलस्थित आफ्नो कार्यालय बन्द गर्न आदेश दिएका छन् । उनले अरब बाहिर रहेका आफ्ना लडाकुलाई आफ्नो देश फर्किन या आत्माघाती हमला गर्न पनि आह्वान गरेका छन् ।
इराकी टेलिभिजन नेटवर्क अल सुमारियाका अनुसार बगदादीले आइएसका धार्मिक गुरुहरुलाई सम्बोधन गर्दै आफ्ना लडाकुलाई अन्तिम संघर्षका लागि आह्वान गरेका हुन् ।
समाचार एजेन्सीहरुका अनुसार मोसुललाई आइएसको प्रभावबाट मुक्त तुल्याउनका लागि भइरहेको सैन्य कारवाही अन्तिम चरणमा पुगेपछि बगदादीले यस्तो सन्देश जारी गरेका हुन् । उनी मोसुल मै लुकेको आशंका गरिएको छ ।
केही संचारमाध्यमले सैन्य कारवाहीका क्रममा उनी घाइते भएको जनाए पनि यसको यथेष्ट प्रमाण प्राप्त हुन सकेको छैन ।
बगदादीका बारेमा सूचना दिने व्यक्तिलाई अमेरिकाले एक करोड डलर पुरस्कार दिने घोषणा गरिसकेको छ । यद्यपि उनी कहाँ र कस्तो हालतमा छन् भन्ने पत्तो लाग्न सकेको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्