Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


उद्योग वाणिज्य संघ लालबन्दीमा कांग्रेस निकट प्यानल विजयी


0
Shares

-प्रकाश मैनाली/ईमेज

सर्लाही । सर्लाहीको लालबन्दीमा उद्योग वाणिज्य संघको नेतृत्वमा कल्याण जोशीको प्यानल नै बिजयी भएको छ ।

भर्खरै सम्पन्न मतगणनामा जोशीको प्यानल बिजयी भएको हो ।

अध्यक्षमा निर्वाचित जोशीले ४ सय २७ मत प्राप्त गर्नुभयो भने उनका प्रतिस्पर्धी विक्रम भण्डारीले १ सय ८० मत प्राप्त गरे ।

उद्योग वाणिज्य संघ लालबन्दीको नयाँ नेतृत्व चयनका लागि आइतबार जानकी माध्यमिक विद्यालय मतदान भएको थियो ।

मतदानमा ६ सय २३ जना मतदाता मध्ये ६ सय १२ जनाले मतदान गरेका थिए । केही मत बदर समेत भएको थियो ।

निर्वाचन समितिले केही बेरमा निर्वाचित पदाधिकारीहरुको औपचारिक घोषणा तयारी छ ।

नेपाली कांग्रेस निकट जोशी प्यानल र नेपाल कम्यूनिष्ट पार्टी नेकपा निकट भण्डारी प्यानललाई जिताउन केही दिनदेखि दुवै पार्टीबाट निर्वाचित जनप्रतिनिधी, राजतीज्ञ, व्यापारी लगायत लागि परेका थिए ।