Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


क्यान्सर अस्पतालको स्मृति भवन उद्घाटन


0
Shares

भक्तपुर क्यान्सर अस्पतालको २२ औ वार्षिकोत्सवका अवसरमा बिभिन्न दाताहरुबाट संकलित रकमबाट निर्माण गरेको स्मृति भवनको उद्घाटन गरिएको हो ।

स्मृति भवनको पहिलो तल्लामा बिरामीका लागि २५ शैया, दोश्रो अत्याधुनिक अपे्रशन थियटर र तेश्रो तल्लामा एनेक्स तथा भिआईपी वार्ड रहेको अस्पतालका मेडिकल डाईरेक्टर प्रकाशराज न्यौपानेले जानकारी दिए । स्मृति भवनको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गरे ।

कार्यक्रममा अस्पताललाई सहयोग गर्ने दाताहरुमध्ये १० लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने जिल्ला विकास समिति भक्तपुरलाई डाईमण्ड सर्टिफिकेट, १ लाखदेखि ९ लाख ९९ हजार ९९९ रुपैयाँ वा सो बराबरको सामान प्रदान गर्ने ५ दातालाई गोल्डेन सर्टिफिकेट, ५० हजारदेखि ९९ हजार ९९९ रुपैयाँ वा सो बराबरको सामान प्रदान गर्ने दुई दातालाई सिल्भर सर्टिफिकेट र ५० हजारभन्दा बढीको सामान दिने दातालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस अवसरमा अस्पतालका कर्मचारी अम्बिका हमाल र रोजिना तजलेलाई यस वर्षको प्रो. डा. अञ्जनीकुमार शर्मा उत्कृष्ठ अवार्डबाट सम्मान गरिएको थियो । अस्पतालले ५ वर्ष सेवा अवधी पुरा गरेका १० जना नर्स, १ जना प्याथालोजिष्ट र १ जना रेडियो थेरापिष्टलाई सम्मान गरेको छ ।

कार्यक्रममा नेमकिपा अध्यक्ष बिजुक्छेले देशभरका क्यान्सरका बिरामीलाई गुणस्तरीय सेवा पु¥याउँदै आएको यस अस्पताललाई दाताहरुको सहयोग र सरकारी सहयोग बृद्धि गराउँदै अझै सेवा विस्तार र विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सांसदद्वय प्रेम सुवाल, रामेश्वर ढुंगेल, अस्पतालका मेडिकल डाईरेक्टर डा. प्रकाशराज न्यौपाने, नेपाल अबुद्र्ध रोग निवारण संस्थाका निवर्तमान अध्यक्ष दिवाकर राजकर्णिकार, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र श्रेष्ठ लगायतले सरकारको मात्रै मुख नताकी सबैको सहयोग जुटाएर अस्पतालको विकास गर्दै लैजानु पर्नेमा जोड दिएका थिए ।