Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


‘महिलाका लागि नेपालमा अवसर र चुनौती दुबै’


0
Shares

पछिल्लो समयमा नेपाली महिलाहरुले सामाजिक, आर्थिक, राजनीतिक हरेक क्षेत्रमा योगदान पुर्‍याउँदै आएका छन् ।

राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखले राजनीतिक, न्यायिकरुपमा आ–आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउँदै आएका छन् नै मुलुकको आर्थिक विकासमा पनि महिलाहरुको नेतृत्व बढ्दोक्रममा देखिन्छ ।

महिलाले पर्यटन, दूरसन्चार, बैकिङ, सामाजिक क्षेत्रमा नेतृत्व सम्हाल्दै योगदान पुर्‍याउँदै आएका छन् ।

उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणा, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी, सामाजिक अभियान्ता अनुराधा कोइराला, पुष्पा बस्नेतलगायतले आ–आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउँदै आएका छन् ।

संस्थाको नेतृत्व सम्हाल्दा केही समस्या आउने भएपनि काममा प्रतिबद्ध हुँदा सफलता पाउन सकिने बताउँछिन्, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी ।

महिलाका लागि नेपालमा धेरै अवसर रहेको उनको भनाइ छ ।

हरेक क्षेत्रमा चुनौती रहेको भन्दै उनले नेतृत्व गरी अगाडि बढ्न शिक्षा र व्यवस्थापकीय क्षमतालाई बढाउनुपर्ने उनको सुझाव छ ।