
आगोलागीबाट काठ, ढुङ्गामाटोले बनेको दुई तले दश कोठे भवन जलेर ध्वस्त भएको हो ।
विद्युत सर्ट भएर आगोलागी हुँदा भवनका साथै फर्नीचर लगायतका भौतीक सामग्री जलेर नष्ट हुँदा रु १ करोड भन्दा बढीको क्षति भएको शिक्षक रामप्रसाद शर्माले जानकारी दिए ।
विद्यालय प्रशासनका कागजात, कम्प्युटर, पुस्तकालयका करिव ७ हजार पाठ्यपुस्तक, ९ वटा कम्प्यूटर सहित विद्यालयका महत्वपुर्ण दस्तावेज सहितको साम्रग्री जलेर नष्ट भएको छ ।
साँझ सवा पाँच बजेदेखि सुरु भएको आगोलागी राती करिब ९ बजेपछि स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए ।
विद्युतीय पुस्तकालय समेत जडान गरिएको कक्षा ८ सम्मको पाठनपाठन हुने सो विद्यालयमा १७४ जना विद्यार्थी अध्ययनरत छन् ।
प्रतिक्रिया दिनुहोस्