Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


सप्तरीमा मानवअधिकार आयोगकी प्रवक्ता अन्सारी सवार गाडीमा यसरी भयो आक्रमण


0
Shares

आयोगकी प्रवक्ता मोहना अन्सारीको नेतृत्वको टोलीले घटनाको छानबिन सुरु गरेको हो ।

अन्सारीले विहीबार सुनसरीस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका सप्तरी घटनाका घाइतेहरुसँगसमेत भेट गरिन् ।

अन्सारीले विहीबारै सप्तरी पुगेर सप्तरी घटनामा मृतकका परिवारसँग भेट पनि भेट गरिन् ।

पीडित परिवारसँग कुरा गरेर फर्कनेक्रममा राजविराज–रुपनी सडकखन्डमा टायर बालेर प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुले अन्सारी चढेको बा७च ७४७९ नम्बरको गाडीमा आक्रमण गरेका छन् । आक्रमणबाट गाडीको सिसा फुटेको छ ।

अन्सारीसहित गाडीमा पूर्व क्षेत्रीय निर्देशक झंगबहादुर रावल रहेपनि उनीहरु सुरक्षित छन् ।

यस्तै, मधेसी मोर्चाका कार्यकर्ताले विहीबारै भारदह, रुपनी र कन्चनपुरमा गरी पाँचओटा गाडी तोडफोड गरेका छन् ।