
सानिमा बैंकले टिमुरेमा ४५औं शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा सुरु गरेको हो । उक्त शाखाको कार्यालयको हालै बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठले उद्घाटन गरे ।
टिमुरे शाखाबाट नेपाल–चीन आयात–निर्यातमा थप सहजीकरणका साथै ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने जनाइएको छ ।
युके एडद्वारा प्रवद्र्धित सक्षम परियोजनासमेतको सहकार्यमा उक्त शाखा विस्तार गरिएको हो ।
सानिमा बैंकको उक्त शाखासमेत गरी देशभरमा ४५ ओटा शाखा सन्जाल र ५० ओटा एटीएम रहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्