Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


जाजरकोटमा यात्रीबस दुर्घटना, १८ जनाको मृत्यु, ४० घाइते


0
Shares

                                                                            फाइल फोटो

सदरमुकाम खलंगाबाट खारातर्फ गइरहेको लु३ख २२७९ नम्बरको बस भेरीमालिका भन्ने स्थानमा दुर्घटना भएको हो ।

मृतकमध्ये १३ जनाको घटनास्थलमा र पाँचजनाको उपचारकाक्रममा अस्पतालमा मृत्यु भएको हो ।

मृतकहरुको सनाखत हुन सकेको छैन भने घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको जनाइएको छ ।

बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा ६० जनासम्म यात्री सवार रहेकाले मानवीय क्षति बढ्नसक्ने आशंका गरिएको छ ।

दुर्घटनाग्रस्त बस घुमाउरो सडकबाट खोलाकिनारमा खसेको हो । पुरानो बसमा क्षमताभन्दा बढी यात्री भएकै कारण दुर्घटना भएको बताइएको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका थिए । अधिकांश यात्री बीचबाटोबाट चढेको प्रहरीले जनाएको छ ।

घटनास्थल सदरमुकाम खलंगादेखि पाँच किलोमिटरको दुरीमा रहेको छ ।