
महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखाले विहीबार संयुक्तरुपमा पत्रकार सम्मेलन गरी पुराना गुन्डाहरुको ठाउँमा नयाँ टोले गुन्डाहरु जन्मेको र उनीहरुको निगरानी भइरहेको बताएको हो ।
१६१ जना नयाँ टोले गुन्डाहरुको पहिचान गरिएको भन्दै प्रहरीले त्यस्ता गुन्डाहरुको गतिविधि नियन्त्रणका लागि परिसर र महाशाखाले संयुक्त टोली परिचालन गरिरहेको पनि जनाएको छ ।
यस्तै, आगामी २९ गते पर्ने फागुपूर्णिमा तथा नेपाल र केन्याबीच हुने अन्तर्राष्ट्रिय क्रिकेट खेलका लागि ८०० सुरक्षाकर्मी तैनाथ गरिने पनि जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्