Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


५० डिग्री सेल्सीयसभन्दा बढी तापक्रम भएको पानी निस्कने कुण्ड (भिडियो)


0
Shares

नेपाल आउने विदेशी पर्यटकको प्रमुख आकर्षण हिमाली दृष्यावलोकन, पदमार्ग, जोखिमयुक्त ठाउँ र प्राकृतिक सौन्दर्य नै हुन् । तर राउन्ड अन्नपूर्ण फेरोमा पुग्ने पर्यटकका लागि म्याग्दी रहेका यी सबै आकर्षक स्थलबाहेक तातेपानीका कुण्ड पनि आकर्षणको केन्द्रविन्दू बनेका छन् । थकाइ मेटाउने र थाकेको शरीरमा स्फूर्ति दिलाउन म्याग्दीमा रहेका तातोपानीका कुण्ड लोकप्रिय सावित हुँदै आएका छन् ।

म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मूलबाट नै ५० डिग्री सेल्सीयसभन्दा बढी तापक्रम भएको पानी निस्कने प्राकृतिक मुहान छन् । प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–१३ सिंगा तातोपानीको म्याग्दी नदी किनारामा मात्रै ५ वटा तातोपानीका मुहान भेटिएको सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले जानकारी दिए ।

नेपालमा नै प्रशिद्धि कमाउन सफल तातोपानी कुण्डमा डुबेर उपचार गराउन वार्षिक २० हजारको हाराहारीमा विरामीहरु पुग्ने गरेका छन् । तातोपानीमा रहेका अन्य मुहानलाई पनि व्यवस्थित गर्नुपर्ने शाक्य बताउँछन् ।
विस्तृत रिपार्टका लागि भिडियो हेर्नुहोस्