२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भारतीय सुरक्षाकर्मीबाट नेपाली मारिएको विरोधमा कैलालीमा पनि प्रदर्शन, नाकामै पुगेर विरोध (भिडियो)


0
Shares

कैलाली सदरमुकाम धनगढीबाट राष्ट्रिय झण्डासहित सीमा नाका त्रिनगर पुगेका स्थानीयबासीले भारतीय ज्यादतीविरुद्ध प्रदर्शन गरेका हुन् । नाका क्षेत्रमा प्रहरीले लगाएको काँडेतार छिचोल्दै गौरिफन्टा नाका प्रवेश गर्न लागेका आक्रोशित नेपालीलाई प्रहरीले नाकाको ढाट नजिकै रोकेको छ ।

उनीहरुले भारतको ज्यादतीबिरुद्ध कारवाही नगरेको भन्दै नेपाली सुरक्षाकर्मीको पनि विरोध गरेका छन् ।

कञ्चनपुरको आनन्दबजारमा पनि बिहानैदेखि नेपालीले प्रदर्शन गरिरहेका छन् । सम्भावित दुर्घटना रोक्न सीमाक्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सीमा विवाद उत्कर्षमा पुगेपछि अहिले कैलाली र कञ्चनपुरका सबै सीमानाका बन्द गरिएको छ ।