Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


सप्तरीमा ठूलो क्षति हुन नदिन गोली चलाइयो : गृहमन्त्री


0
Shares

                                                                                  फाइल फोटो
व्यवस्थापिका–संसदको शुक्रबारको बैठकमा कन्चनपुर र सप्तरी घटनाका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले दुबैतर्फ क्षति नहोस् भनेर संयमता अपनाउँदा पनि सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएपछि सुरक्षा कारबाही गरिएको जनाए ।

उनले संविधान कार्यान्वयन, संविधान संशोधन र निर्वाचनको चरणमा सरकार लागिरहेको भन्दै संशोधन विधेयक पेस गरिसकेको र आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि स्थानीय तहको पुनःसंरचना राजपत्रमा प्रकाशन गरी कार्यान्वयन सुरु गरिएको अवस्थामा निर्वाचनको तयारीका लागि सबै सुरक्षा निकायसँग समन्वय भइरहेको बताए ।

उनले जाजरकोटको बस दुर्घटनाका सम्बन्धमा पनि जानकारी दिँदै घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी विभिन्न स्थानमा उपचार र राहत वितरणकार्य अघि बढाइएको बताए । रासस