शुक्रबार साँझ भएको मतदानबाट गृष्मा राजभण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
अध्यक्षमा गृष्मा राजभण्डारीले २९ मत ल्याउँदै निर्वाचत भएकी हुन् । उनका प्रतिद्वन्द्वी शंकर खनालले १६ मत प्राप्त गरे ।
यस्तै, मतदानबाट ४ जना केन्द्रीय सभासदको पनि चयन भएको छ । जसमा जगदीश खरेल, दिलीप पोखरेल, कुलचन्द्र भट्टराई र सहेन्द्र श्रेष्ठ रहेका छन् ।
यस्तै, प्रदेश सभासदमा नरेन्द्र मानन्धर, लक्ष्मण डंगोल, देवेन्द्रमान महर्जन, हिमाल पौडेल, रमेश ढकाल र दीपेन्द्रराज डंगोल चयन भएका छन् ।
यस्तै, कार्यसमितिका दुईजना उपाध्यक्षमा डोरबहादुर कटुवाल, चन्दा श्रेष्ठ, सचिव सन्दीप पौडेल, सहसचिवमा मिलन भण्डारी र सहयोग रन्जित, कोषाध्यक्षमा अनुशा पौडेल चयन भएका छन् ।
त्यसैगरी, कार्यसमितिका सदस्यहरुमा नवीनमुनि स्थापित, शम्भु ढुंगाना, प्रज्ञा तिमिल्सिना र सुमित्रा केसी चयन भएका छन् ।

यसअघि, शुक्रबार दिउँसो उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले पत्रकारितालाई राजनीतिक आस्थाको लडाइँबाट जोगाउनुपर्ने आवश्यकता औंल्याए ।
त्यस्तै, पत्रकार महासंघका उपाध्यक्ष अनिता विन्दू र महासचिव उजिर मगरले पत्रकारहरुको हक–हितका लागि गर्नुपर्ने काम थुप्रै बाँकी रहेको भन्दै व्यावसायिक धर्मको ख्याल गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
त्यसैगरी, ईमेज च्यानलका प्रमुख कार्यकारी अधिकृत तपनाथ शुक्लले ‘नेतृत्व चयनकाक्रममा हुने प्रतिस्पर्धाले न्यूजरुम र व्यावसायिकतामा असर गर्न हुँदैन’–भने ।










प्रतिक्रिया दिनुहोस्