
पाँचौं चरणको पहिलो खेलमा केन्या विरुद्ध नेपालले लगातार विकेट गुमाएको छ । नेपालले १३ ओभरमा ४५ रन जोड्दा तेस्रो विकेट गुमाएको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले तेस्रो विकेटका रुपमा सागर पुनलाई २३ बलमा व्यक्तिगत १० रनमा गुमाएको हो ।
नेपालले दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई व्यक्तिगत २७ रनमा गुमायो । उनले ५ चौकाको मद्धतले ३५ बलमा २७ रन जोडे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले राष्ट्रिय टिमका लागि डेब्यु गरेका २२ वर्षे युवा सुनील धमलालाई व्यक्तिगत ३ रनमा गुमाएको थियो ।
दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ल व्यक्तिगत २७ रनमा आउट भएका छन् ।
उनले ५ चौकाको मद्धतले ३५ बलमा २७ रन जोडेका हुन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले राष्ट्रिय टिमका लागि डेब्यु गरेका २२ वर्षे युवा सुनील धमलालाई व्यक्तिगत ३ रनमा गुमाएको थियो ।
प्रतिक्रिया दिनुहोस्