
घाईते भएका उनको उपचारको लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको फर्पिङ प्रहरीले जानकारी दिएको छ ।
सोही दुर्घटनामा परी घाईते भएकी स्कुटरमा पछाडी सवार २६ वर्षीया विपना शाक्यलाई उपचारका लागि वीर अस्पताल ल्याईएको छ । बिहान सवा १० बजे बा ४ ख २९०७ नम्बरको ट्रिपरले बा ६० प ६८६२ नम्बरको स्कुटरलाई ठक्कर दिएको बताईएको छ ।
दुर्घटना पश्चात् फरार रहेका ट्रिपर चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै काठमाडौं कै कलंकीमा सोमबारै भारतीय नम्बरको ट्रकमा मोटरसाईकल ठोकिदा मोटरसाईकल चालकको मृत्यु भएको छ । काठमाडौं, चन्द्रागिरी नगरपालिका–७ का ४२ वर्षीय राजु नकर्मीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाईते भएका नकर्मीको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटो मै मृत्यु भएको हो । बिहान पौने १० बजे कलंकीमा भारतीय नम्बरको ट्रकमा नकर्मीले चलाएको बा ६६ प १०१५ नम्बरको मोटरसाईकल पछाडीबाट ठोकिन पुगेको स्थानीय प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्