अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर तोलाको ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिदाअघि शुक्रबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले झरेर तोलाको ५४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको भाउ भने तोलाको ७ सय ८५ रुपैयाँमै स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १२ सय २ डलर हाराहारीमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्