मृत्यु हुनेमा धनुषा, गोठकोयलपुर–९ का सोखीलाल साफीकी तीन वर्षीया छोरी सविता साफी, श्याम साफीकी पाँच वर्षीया छोरी सञ्जिता साफी र ठेकुवा साफीकी पाँच वर्षीया छोरी प्रिया साफी रहेका छन् ।
धनुषा, गिद्धाबेलापट्टीबाट इँट्टा लिएर आउँदै गरेको ज१त ३६२२ नम्बरको ट्याक्टरको स्टेरिङ फेल भएर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक मनोज यादवले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक यादवकाअनुसार शौच गर्न गएकोबेला स्टेरिङ फेल भएर ट्याक्टर सडकछेउमा पल्टिँदा तीनैजना बालिकाको मृत्यु भएको हो ।
मृतकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ भने घटनाको विषयमा थप अनुसन्धान जारी रहेको उनले बताए । रासस










प्रतिक्रिया दिनुहोस्