२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


बसबाट खसेर किशोरको मृत्यु, रुखमा झुन्डिएको अवस्थामा पुरुषको शव भेटियो


0
Shares

चाँगुनारायण नगरपालिका–४ पिखेल बस्ने वर्ष १३ का रुपेश बराइलीको न्यूरो अस्पतालमा उपचारकोक्रममा विहीबार मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए ।

गत चैत १ गते बिहान चाँगुनारायणबाट रत्नपार्क जाने बा४ख ७१७१ नम्बरको बसमा आएका बराइली झुन्डिएर यात्रा गर्नेक्रममा बसबाट खसेर घाइते भएकोमा मध्यपुर अस्पतालमा उपचार हुन नसकी न्यूरो अस्पतालमा पठाइएको र उपचारकैक्रममा मृत्यु भएको उनले जानकारी दिए ।

त्यसैगरी, चाँगुनारायण नगरपालिका–५ खरिपाटी, घुमाउनेमा विहीबार एक पुरुषको शव झुन्डिएको अवस्थामा फेलापरेको छ ।

दाङ घर भइ हाल खरिपाटीकै जयशंकर इँटाभट्टामा काम गर्दै आएका अन्दाजी ४५ वर्षका गोपाल चौधरीको शव रुखमा झुन्डिएको अवस्थामा फेलापरेको प्रसाइँले जानकारी दिए ।

चौधरीको हत्या वा आत्महत्या भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको उनले बताए । रासस