Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


निर्वाचन अवधिभर व्यक्तिका नाममा रहेका हातहतियार बुझाउन निर्देशन


0
Shares

काठमाडौँका प्रजिअ हिमनाथ दवाडीले आज जारी गरेको सूचनामा बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी निर्वाचन अवधिभर मदिरा तथा मदिराजन्य पदार्थको अवैध उत्पादन तथा बिक्री वितरणमा समेत पूर्ण बन्देज लगाइएको उल्लेख छ ।

त्यसैगरी सुरक्षाको काममा खटिएका सुरक्षाकर्मी, कानुनबमोजिम लिन पाउने हातहतियारबाहेक अन्य कुनै व्यक्तिले कुनै प्रकारको बिष्फोटक पदार्थ वा रसायनिक वा विषालु पदार्थ वा लाठी, भाला, खुकरी, बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिँड्न, प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन निषेध गरिएको छ ।
कसैले उल्लेखित सूचना विपरीतका कार्य गराएको पाइएमा कानुनबमोजिम कारबाही हुने जिप्रका काठमाण्डौँले जनाएको छ । रासस