२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


म्याजिक चप्पल कारखानामा भीषण आगलागी


0
Shares

म्याजिक ब्रान्डका चप्पल उत्पादक उक्त उद्योगमा शुक्रबार बिहान करिब ४ बजे लागेको आगो दिउँसो १२ बजेमात्र नियन्त्रणमा आएको थियो ।

आगलागीबाट उक्त उद्योगको कारखाना रहेका तीनओटा संरचना, कच्चापदार्थ, मेसिन, र केहि सवारी–साधनसमेत जलेर नस्ट भएको छ ।

आगलागी नियन्त्रणमा लिन विराटनगरसहित इटहरी, इनरुवा, दमक र राजविराजका १० ओटा दमकल परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सन्दीप भण्डारीले जानकारी दिए ।

सेना, प्रहरी र स्थानीय पनि आगलागी नियन्त्रणमा जुटेका थिए ।

आगलागीबाट भएको क्षतिको विवरण खुल्न नसकेपनि पूरै कारखाना जलेकाले करोडौंको क्षति भएको अनुमान प्रहरीले गरेको छ ।

आगलागीको कारण पनि खुल्न सकेको छैन ।