२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


समस्या समाधानमा सरकार गम्भीर हुनुपर्छ : शेखर कोइराला


0
Shares

शुक्रबार राजधानीमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संघको चौंथो महाधिवेशन उद्घाटनमा उनले निर्वाचनको विकल्प नभएको भन्दै उचित वातावरण बनाउन सबैपक्ष लाग्नुपर्नेमा जोड दिए ।

वार्ताबाट समाधान खोज्न मधेसी मोर्चालाई आग्रह गर्दै कोइरालाले समस्या समाधानमा सरकार पनि गम्भीर हुनुपर्ने बताए ।

उनले निर्वाचनका लागि उचित वातावरण बनाउन भूमिका खेल्न कर्मचारीहरुसँग आग्रह पनि गरे ।

कार्यक्रममा काठमाडौं उपत्यका खानेपाली लिमिटेड कर्मचारी संघका अध्यक्ष तेजेन्द्रजंग कार्की, विभिन्न संघ–संगठनका प्रतिनिधिहरुले कर्मचारीको वृत्ति विकास, पेसाको सुरक्षा र समस्याकोबारेमा धारणा राखेका थिए ।