Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


ट्रकको ‘ब्रेकफेल’ हुँदा काठमाडौंमा ‘भयानक’ दुर्घटना, दुईजनाको मृत्यु, पाँच घाइते (भिडियो)


0
Shares

काठ बोकेर कलंकीतर्फ आउँदै गरेको ना३ख ९७७३ नम्बरको ट्रकले पाँचओटा सवारी–साधनलाई ठक्कर दिएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरुमा मिनिबसका चालक झापाका डम्मर पोखरेल ट्याक्सीचालक काभ्रे, पनौतीका कान्छा बली लामा रहेका छन् ।

पोखरेलको उपचारकाक्रममा ट्रमा सेन्टर र लामाको बयोधा अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीव्रगतिमा रहेको ट्रकको ‘ब्रेकफेल’ भएपछि ट्रकले पहिले बिजुलीको पोलमा र त्यसपछि मिनिबस, ट्याक्सी, कार, स्कुटर, मिनिट्रक र बटुवालाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट पोखराका कृष्ण थापा, उनकी छोरी केडिना थापा, बालुवाटारकी अञ्जु आले, उनका चार वर्षीय छोरा एडिक आले र थानकोटका ५६ वर्षीय बालकृष्ण ढकाल घाइते भएका छन् ।

घाइतेमध्ये एडिक र बालकृष्णको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ट्रकका चालक भने फरार रहेको जनाइएको छ ।

भिडियो हेर्नुहोस्