संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृतहरुलाई उपमहानगरपालिका र नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको हो ।
मन्त्रालयले बिहीबारमात्र ४ सय ८१ गाउँपालिकाका लागि अधिकृत तोकेको थियो । नयाँ संरचनाअनुसार ४ महानगरपालिका, १३ उपमहानगरपालिका र दुई सय ४६ नगरपालिकामध्ये सरकारले हाल पाँच उपमहानगरसहित १ सय ७८ नगरपालिकाका लागि कार्यकारी अधिकृत तोकेको हो ।
मन्त्रालयले कुनै ढिला नगरी खटिएको ठाउँमा रमाना लिई हाजिर हुन जान पनि सबै अधिकृतलाई निर्देशन दिएको छ ।
पुरानो स्थानीय निकायको संरचना भंग गर्दै संविधान र स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनका आधारमा गठित ७ सय ४४ वटा स्थानीय तहमा कर्मचारी प्रबन्ध नगर्दा आसन्न स्थानीय तहको निर्वाचनमै असर पर्न सक्ने भन्दै चैत ३ भित्र कर्मचारी खटाइसक्न निर्वाचन आयोगले सरकारलाई निर्देशन दिएको थियो । जसअनुसार सरकारले गाउँपालिकामा अधिकृत र नगरपालिकामा उपसचिवलाई नेतृत्व दिने निर्णय गरेर कर्मचारी खटाएको हो ।










प्रतिक्रिया दिनुहोस्