Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


दुबै हात नभएकी सम्झना खुट्टाले लेखेर एसइई परीक्षा दिँदै


0
Shares

भगवती दिनानाथ मावि खोटाङबजारमा कक्षा–१० सम्म अध्ययन गरेकी सम्झनाले सिम्पानी मावि केन्द्रबाट परीक्षा दिइरहेकी छन् ।

शारीरिकरुपमा अशक्त सम्झनाले खुट्टाले लेखेरै भएपनि समयमै सबै प्रश्नको उत्तर लेख्ने गरेको केन्द्राध्यक्ष राजन ढकालले बताए ।

१७ वर्षीया सम्झना इन्द्रेणीपोखरीस्थित मावली बसेर भगवती दिनानाथ माविमा अध्ययन गरेकी हुन् ।

भगवती दिनानाथ माविका प्रधानाध्यापक कुमार पराजुलीकाअनुसार उनी विद्यालयको जेहेन्दार र अनुशासित विद्यार्थीमा पर्छिन् ।

परीक्षा केन्द्रनजिकै सिम्पानीबजारमा कोठा भाडा लिएर परीक्षा दिइरहेकी सम्झनालाई सघाउन उनकी आमा सुमित्राले साथ दिइरहेकी छन् ।

‘आर्थिक अवस्था कमजोर भएकाले मावली बसाएर पढाइयौं’–आमा सावित्राले भनिन् ।

सम्झनालाई अहिलेसम्म अध्ययनमा लागेको सबै खर्च विद्यालयको तर्फबाट व्यहोरिएको प्रअ पराजुलीले जानकारी दिए ।

जन्मजात दुबै हात नभएकी सम्झनालाई अध्ययन तथा सहज जीवनयापनका लागि यसअघि खोटाङ सेवा समाज बेलायतबाट रु चार लाख ६९ हजार ७६० आर्थिक सहयोग प्राप्त भएको थियो ।

समाजले उपलब्ध गराएको रकम उच्च शिक्षा अध्ययनमा खर्च गरिने आमा सुमित्राले बताइन् ।

गरिब परिवारमा जन्मिएकी सम्झनाले आफू अशक्त भएपनि पढेर समाजको सेवा गर्नमा आफ्नो जीवन बेतित गर्ने बताइन् । रासस

तस्वीरः युवराज रोइला/इमेज