Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


स्थानीय तहको निर्वाचनका लागि आजबाट मतपत्र छापिने


0
Shares

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवसहित आयोगका पदाधिकारीले शनिबार मतपत्र छाप्ने भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको स्थलगत निरीक्षण गरेपछि आजदेखि मतपत्र छाप्न लागिएको हो ।

आयोगले १ करोड ६० लाख हाराहारीमा मतपत्र छाप्ने भएको छ । मतपत्र छाप्न करिब ५ सय टन कागज खपत हुने अनुमान छ ।

सबै मतपत्र छापिन ४० देखि ४२ दिन समय लाग्ने आयोगले जनाएको छ । एक मतदाताले आगामी स्थानीय निर्वाचनमा सात जना जनप्रतिनिधिलाई मतदात गर्न पाउने छन् ।

आयोगले ७ वटै पद समेटिएको एउटै मतपत्र तयार पारेको छ ।

गाउँपालिकाको हकमा अध्यक्ष, उपाध्यक्ष वा नगरपालिकाको हकमा प्रमुख, उपप्रमुखसहित वडाध्यक्ष र चार जना वडा सदस्य गरी एक मतदाताले एउटै मतपत्रमा ७ वटा पदका लागि ७ स्थानमा स्वस्तिक चिह्न लगाउनुपर्ने छ । चार वडा सदस्यमा दुई महिला अनिवार्य गरिएकोमा त्यसमध्ये एक जना दलित महिला पद हुने छ ।