Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


भौतिक कारबाहीको चेतावनी दिँदै महोत्तरीका दुई गाउँपालिकामा तालाबन्दी


0
Shares

मोर्चाका कार्यकर्ताले जिल्लाको पिपरा गाउँपालिका र मटिहानी गाउँपालिकामा कामकाज गर्न पुगेका अधिकृतलाई काम गर्न नदिएर दुबै गाउँपालिकामा तालाबन्दी गरेका छन् भने कामकाज गरे भौतिक कारबाही गर्ने चेतावनी दिएका छन् ।

दुई दर्जनभन्दा बढी संख्यामा पुगेका मोर्चाका कार्यकर्ताले दुबै गाउँपालिकाको पर्खालमा कामकाज नगर्नू र गरे भौतिक कारबाही गर्ने भनी लेखेर पर्चा टाँसेको मोर्चा नेता सुरेश पाण्डेले बताए ।

मोर्चाको तालाबन्दीका कारण आइतबार ती दुबै गाउँपालिकाको कार्यालयबाट कुनैपनि कामकाज हुन सकेन । रासस