Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप, अश्रुग्यास हानियो, पशुपतिशमशेरसहित केही घाइते


0
Shares

राजधानी काठमाडौंसहित देशैभरका निर्वाचन कार्यालयमा धर्ना दिँदै राप्रपाले आयोगको उक्त निर्णय सच्चाउन माग गरेको हो ।

निर्वाचन आयोगको केन्द्रीय कार्यालय बहादुर भवनमा धर्ना दिन पुगेका राप्रपा कार्यकर्ता जबर्जस्ती आयोग कार्यालय छिर्न खोज्दा प्रहरीसँग झडप भएको छ ।

राप्रपाको ठूलो समूहले प्रहरी घेरा तोड्ने प्रयास गरेपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको थियो । प्रहरीको लाठी प्रहारबाट तीन दर्जन बढी नेता–कार्यकर्ता घाइते भएका छन् ।

झडपकाक्रममा पूर्वअध्यक्ष पशुपतिशमशेर राणा पनि घाइते भएका छन् भने रोशन कार्की, कुन्ती शाही, कोमल वलीलगायत घाइते भएका छन् ।

घाइतेहरुलाई वीर अस्पताल र काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीले लाठीचार्ज र अश्रुग्यास हानेपछि राप्रपा कार्यकर्ताले पनि ढुंगामुढा गरेका थिए ।

राप्रपा वर्तमान सरकारमा चार मन्त्री र राज्यमन्त्रीसहित तेस्रो शक्तिकारुपमा सहभागी छ ।

यसैबीच, राप्रपा अध्यक्ष कमल थापा र नेता पशुपतिशमशेर राणाले सोमबारै प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझ्दै यादवले राप्रपाको विधानबाट राजसंस्था र हिन्दूराष्ट्र हटाइएको सम्बन्धमा निर्वाचन आयोगले पुनःविचार गर्ने आश्वासन दिएको नेता राणाले बताए ।