Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


पत्रकार महासंघको ताला ११ दिनपछि खुल्यो


0
Shares

क्रान्तिकारी पत्रकारले उठाएका सदस्यता शुद्धीकरण तथा फर्जी प्रतिष्ठान शाखा खारेजी तथा पत्रकारको सट्टाभर्ना विषय उपयुक्त विधि र प्रक्रियाबाट सम्बोधन गर्ने दुई पक्षबीच सहमति भएपछि ताला खोलिएको क्रान्तिकारीका अध्यक्ष इन्द्र राउतले जानकारी दिए ।

पत्रकार महासंघको सदस्यता शुद्धीकरणको माग गर्दै क्रान्तिकारीले गत फागुन २७ गते पत्रकार महासंघ केन्द्रमा ताला लगाएको थियो ।

पत्रकार महासंघले गैरपत्रकारलाई सदस्यता वितरण गरिएको, वर्षौंदेखि बन्द रहेका मिडियाका नाममा प्रतिष्ठान कायमै राखिएको र फर्जी सदस्यता बाँडिएको र विधान विपरीत सदस्यता स्थानान्तरण गरेको जनाउँदै क्रान्तिकारीले तालाबन्दी गरेको थियो ।

वार्तामा पत्रकार महासङ्घका तर्फबाट अध्यक्ष डा महेन्द्र विष्ट, उपाध्यक्ष खिलबहादुर भण्डारी, महासचिव उजिर मगर, सचिव ध्रुव लम्साल, धर्मेन्द्र कर्ण, सङ्गीता खड्का थिए । त्यस्तै क्रान्तिकारीका तर्फबाट अध्यक्ष राउतसहित उपाध्यक्ष नारायण पङ्गेनी, महासचिव केशरमणि कटुवाल तथा सल्लाहकार रामचन्द्र हुमागाईं सहभागी रहेका थिए । रासस