आगामी शैक्षिक सत्रका लागि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ ताप्लेजुङले चैतबाटै पुस्तक वितरण शुरु गर्ने भएकाले पठ्यपुस्तक अभाव नहुने भएको हो ।
ताप्लेजुङलाई आवश्यक पर्ने पाठ्यपुस्तकमध्ये अहिले नै ५० प्रतिशतभन्दा बढी पाठ्यपुस्तक सदरमुकाम आईसकेकाले विद्यालयहरुलाई वितरण गर्न थालिने पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ ताप्लेजुङका अध्यक्ष दिनेश भट्टराईले जानकारी दिए ।
कक्षा ९ सम्मका १ हजार सेट र कक्षा १० को १ हजार २ सय सेट पुस्तक आईपुगेको र अरु पुस्तक पनि छिट्टै आउने भट्टराईको भनाई छ । जनक शिक्षा सामग्री केन्द्रमा नै पुस्तक कम भएकाले सबै विद्यालयमा एकै पटक पुग्ने गरी ल्याउन भने केही समय लाग्ने महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्