प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालको सुरक्षालगायतका अन्य क्षेत्रमा अमेरिकाले पुर्याएको सहयोगका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालले गत वर्षको भूकम्पका बेला अमेरिकी सेनाले गरेको सहयोगको प्रशंसा गरेका थिए ।
उनले नेपाल र अमेरिकाबीच ७० वर्षदेखि नजिकको सम्बन्ध रहेको भन्दै नेपालको विकास, सुरक्षा र सामाजिक सुधारका क्षेत्रमा अमेरिकाले पुर्याएको योगदानप्रति धन्यवाद दिए ।
त्यस क्रममा यूएस प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल ह्यारी बी ह्यारिजले नेपालसँग अमेरिकाको नजिकको सम्बन्ध रहेको भन्दै नेपाली सेनासँग सहकार्य गर्ने बताए ।










प्रतिक्रिया दिनुहोस्