Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


प्रस्तावित ६ राजदूतको संसदीय सुनुवाइ सकियो


0
Shares

                                                                                     फाइल फोटो
समितिले शर्मिला पराजुली (ओमन), निरञ्जनकुमार थापा (इजरायल), रमेशप्रसाद कोइराला (कतार), अर्जुनजंगबहादुर सिंह (गणतन्त्र कोरिया), प्रतिभा राणा (जापान) र युवनाथ लम्साल (डेनमार्क)को मंगलबार सुनुवाइ गरेको हो ।

सरकारले केही समयअघि १२ मुलुकका लागि राजदूतको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।

प्रस्तावित राजदूतले समितिसमक्ष आफ्नो योग्यता, अभिरुचि, अवधारणा, कार्यायोजना र सोच प्रस्तुत् गरेका थिए ।

उनीहरुले आफ्नो नाम अनुमोदन भएमा नेपालको संविधानमा रहेका विशेषताको प्रचारप्रसार गर्ने, देशको शिर उठाउने तथा नेपाली जनताले गर्व गर्नलायक काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस